बिटी क्लबको अध्यक्षमा ‘असिम’
कास्की | साउन २८, २०७९
पोखरा: पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको बुद्ध टोल युवा क्लबाको अध्यक्षमा असिम थापा चयन भएका छन् ।
आज (शनिबार) सम्पन्न क्लबको दोस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि अमिस थापाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका हुन् ।
थापा नेतृत्व समितिको उपाध्यक्षमा सन्तोष गुरुङ, सचिवमा रेशम सापकोटा, सह–सचिवमा विकास केसी र कोषाध्यक्षमा दिपक कार्की सर्वसम्मत चयन भएको अध्यक्ष थापाले जानकारी दिए ।
उनका अनुसार समितिको सदस्यहरुमा कैलास गुरुङ, अनुप पुन, अर्जुन परियार, बिनोद गुरुङ, निकेश गुरुङ, संगम दर्जी, कुमार गुरुङ, राज गुरुङ, अनिता गुरुङ र एनि गुरुङ चुनिएकी छिन् ।
त्यसैगरि समितिको सल्लाहकारमा प्रदीप राई, राधा गुरुङ, मुक्ति सागर गुरुङ र बिनिता गुरुङलाई चयन भएका छन् ।

सामाजिक क्रियाकलाप तथा खेलकुदमा विशेष सक्रिय रहदैं आएको सो क्लबले स्वर्गीय विरेन गुरुङको स्मृतिमा प्रत्येक वर्ष पोखराकै सर्वाधिक राशीको ‘सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता’ आयोजना गर्दै आएको छ ।
सो क्लबले कोरोना महामारीको समयमा केयौं विपन्न परिवारलाई राहात स्वरुप खाद्यान्नका समाग्री तथा स्वास्थ्य समाग्रीहरु प्रदान समेत गरेको थियो ।
यसअघि क्लबको अध्यक्षका रुपमा विजया गुरुङले नेतृत्व गर्दै आएकी थिइन् ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

